भुक्तानी सम्बन्धी काम गर्ने संस्थाको नयाँ अनुमतिपत्र बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । भुक्तानी सम्बन्धी काम गर्ने गैरबैकिङ संस्थाको अनुमतिपत्र राष्ट्र बैंकले बन्द गरेको छ ।

मंगलबार सूचना जारी गरी राष्ट्र बैंकले निर्देशन दिएको हो । भुक्तानी सम्बन्धी काम गर्नकैलागि झण्डै दुई दर्जन संस्थाले अनुमति पाइसकेको थप केही प्रक्रियामा रहेकाले नयाँ लाइसेन्स बन्द गरिएको बताइएको छ ।

अनुमतिपत्रका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका संस्थालाई भने लाइसेन्स वितरण गरिने राष्ट्र बैंकले बताएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।