सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलङ्गवा ।  बरहथवा नगरपालिकालगायत आसपासका क्षेत्रमा थप २४ घण्टा निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार साँझ पाँच बजेदेखि जारी गरिएको कर्फ्युलाई जिल्ला प्रशासन कार्यालयले आज पनि निरन्तरता दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कोमलप्राद धमलाले विज्ञप्ति जारी गर्दै २०८०/०९/२१ गतेदेखि भोली बिहान ८ बजेसम्म निषेधाज्ञा जारी रहेन जनाएका छन् ।

बरहथवाको नगर अस्पताललाई स्तरोन्नती गरी प्रादेशिक अस्पताल बनाउने निर्णयबाट नगरपालिकापछि हटेपछि कांग्रेस लगायतका दलले प्रदर्शन गरेका थिए ।

१५ शैयाको अस्पताललाई ५० शैयाको बनाउने योजना नगरपालिकाका कारण कार्यान्वयनमा नआउने अवस्था बनेपछि त्यो निर्णयविरुद्ध प्रदर्शन भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।