काठमाडौ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजी पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँको ९.५ प्रतिशत हुन आउने ४९ करोड २८ लाख ३० हजार दुई सय ७० रुपैयाँ बराबरको बोनस सेयर तथा ०.५ प्रतिशतले हुन आउने दुई करोड ५९ लाख ३८ हजार चार सय ३५ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको हो ।
कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन । बैंकले आव २०७८/७९ मा पनि १४.५ प्रतिशत तथा आव २०७७/७८ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Comment