आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

यस्तै, रातिको समयमा देशका केही भागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।