वीर अस्पतालका निर्देशक डा. पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले मंगलबार आदेश दिएको छ।

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । यो आदेशसँगै निर्देशक डा.पौडेल पुनर्वहाली हुनेछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले उनलाई गत मंसिर १४ गतेदेखि पदबाट हटाउने निर्णय गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले विभिन्न आरोपसहित पदबाट हटाएपछि पौडेल मंसिर १८ गते सर्वोच्च पुगेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।