नक्कली ब्लुबुक बनाउने दुई जना ५ वटा महँगा गाडीसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं ।  नक्कली सवारी दर्ता किताब (ब्लु बुक) बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् । 

उनीहरुलाई ललितपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बरामद भएका गाडीका सवारी दर्ता प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कार्यालयलाई काठमाडौं उपत्यकामा केही व्यक्तिले सवारी दर्ता किताब लगायतका कागजात तयार गरी लिखत किर्ते गर्ने गरेको गोप्य सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रवार साँझ ५ बजेको समयमा घिसिङलाई कालिमाटीबाट र तामाङलाई सोही दिन साँझ ६ बजे कागेश्वरी मनोहरा नगरपालिकाबाट पक्राउ गरेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।