आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्।

भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिए ।

थानीले राजीनामाको कारण भने खुलाएका छैनन् । थानीले स्वतन्त्र रुपमा बस्न चाहन्छुु भनेपछि उनको राजीनामा उद्योगमन्त्री रमेश रिजालले स्वीकृत गरेका स्रोतले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।