नेपालमा ‘बेलाको’को २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तराष्ट्रिय होम अप्लाएन्स ब्राण्ड बेलाकोले जनकपुरमा सेवा विस्तार गरेको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले जनकपुरमा ब्राण्डको नेपालको दोस्रो सोरुमको उद्घाटन गरेका छन् । शाखाको उद्घाटनसँगै बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत अब्दुल बासिदले जानकारी दिए ।

‘बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामाग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने छन्,’ वासिदले भने । जनकपुर उनको गृहनगर हो । निकट भविष्यमा बेलाको ब्राण्डका सामान नेपालमा उत्पादन गर्नेसम्मको तयारी आफूले गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गैरआवासीय नेपाली संघको युरोप संयोजक चिन्तामणि सापकोटाले जस्तोसुकै परिस्थितिमा पनि एनआरएनएले देशको हितमा मात्रै सोच्ने धारणा राख्दै सोहीअनुसार लगानी पनि यहाँ ल्याइरहेको बताए

कार्यक्रममा कांग्रेस नेता निधिले नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गरे । उनले बासिदले गरेको लगानी नेपालमा उदाहरणीय भएको धारणा राख्दै नेपालमा रोजगारीको सिर्जना गर्दै आर्थिक समृद्धिमा लाग्नुपर्नेमा धारणा राखे ।

बेलाकोका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेलाको ब्राण्डमा ४३ थरीका सामानहरु उपलब्ध रहेको बताए । बासिदले नेपालमा करिब २५ करोडको लगानी बेलाकोमा गरेको बताइएको छ । उनको कम्पनीमा करबी ४५० कर्मचारी कार्यरत रहेका छन् ।

बेलाकोले टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयागका सामग्री उत्पादन गर्दै आएको छ । बेलाको ब्राण्ड प्रवर्धनका लागि ब्राण्ड एम्बसहरमा प्रदीप खड्का रहेकाको अध्यक्ष हाजी मोहम्मद इस्राइलले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।