स्थानीयको कुटपिटपछि रसुवाका २४ वर्षीय छिरिङ तामाङको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्वर ५ गोलढुंगामा स्थानीयको कुटपिटपछि एक जनाको मृत्यु भएको छ। 

महानगरीय प्रहरी बृत्त बालाजुका अनुसार स्थानीयले चोरको आरोप लगाएर कुटपिट गर्दा रसुवा घर भई कपुरधारा बस्दै आएका २४ वर्षीय छिरिङ तामाङको मृत्यु भएको हो।

मापसे गरेर सडकमा होहल्ला गरेको भन्दै रसुवा घर भई गोलढुंगामा बस्ने उनका साथी दोर्जे तामाङ सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार कुटपिटपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुग्दा दुवैजना घाइते अवस्थामा रहेका थिए । उनीहरुलाई प्रहरीले आफ्नै गाडीमा राखेर शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो। अस्पतालले नै छिरिङलाई मृत घोषणा गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।