काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
सप्तरी जिल्लाका ७३ वर्षीय वृद्ध बिहिबार राति १० बजे मृत्यु भएको
वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठान स्रोतले जनाएको छ ।
असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।
Comment