काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज ३२.४२ अंकले बढेको छ । १ अर्ब ४ करोड १७ लाख ७० हजार ८ सय ६७ रुपियाँ बराबरको शेयर किनबेच भएको छ । आज २.३८ प्रतिशतले नेप्से परिसूचक बढ्दा १३९४.७७ अंकमा पुगेको छ ।
आज १८० कम्पनीका २९ लाख १४ हनार ५ सय १८ कित्ता शेयर किनबेच भएको छ । बजार बढेको दिन आज सबै परिसूचकमा हरियाली छाएको छ । आज पनि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ९.९६ प्रतिशतले नाफा कमाएका छन् । आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४१ लाख ७२ हजार ५ सय ६४ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
Comment