समस्यामा परेका मानिसलाई सहयोग गर्नु मानवीय धर्म हो-रविन श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जापानमा संघर्षलाई उत्साहमा बदलेर नेपाल र नेपालीको सुखदुःखमा साथ दिने सामाजिक अभियन्ताको संख्या निकै थोरै छन्। आफ्नो काममा समर्पित हुँदै नेपालीलाई सहयोग गर्ने उदाहरणीय अभियन्ता हुन् रविन श्रेष्ठ ।

के‌ हिमाल, के पहाड, के तराई, श्रेष्ठको समाजसेवाको प्रशंसा वर्णन जति गरे पनि कमै हुन्छ। प्राकृतिक प्रकोपमा पिल्सिएका नेपालीको पीडामा मल्हम् लगाउन उनी निरन्तर खट्दै आएका छन्।

मुलुकमा भूकम्प, आगलागी, बाढी–पहिरो, कोरोना संक्रमण,आकस्मिक दुघर्टनाका घटना किन नहुन आफ्नो क्षमताले भ्याएसम्म दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई सकेको सहयोग गर्दै आइरहेका छन् श्रेष्ठले।

उनी भन्छन्, ‘सहयोग गर्दैमा कोही गरिब हुदैन, अरुलाई दिएर सकिदैन, समस्यामा परेका मानिसलाई सहयोग गर्नु मानवीय धर्म हो ।’

श्रेष्ठले यस अघि गण्डकी गाउँपालिका–१ मकैसिंङमा राहत वितरण गरेका थिए भने काठमाडौँको तारकेश्वर नगरपालिकाका अति विपन्न परिवारहरुलाई पनि राहत वितरण गरेको थिए । उनले समय समयमा नेपालमा समस्या परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।