दूरसञ्चार प्राधिकरणले भन्यो- अझै टिकटक चलिरहेको भए तत्काल जानकारी गराउनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो।

यसअघि कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपालमा टिकटक प्रतिबन्धको निर्णय गरेको थियो। सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि प्राधिकरणले प्राविधिक समिति पनि गठन गरिएको बताएको छ।

उक्त समितिले एक हप्ता भित्र टिकटक बन्द गरेरनगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी प्रतिवेदन पेस गर्नेछ। यसैबीच सरकारले गरेको टिकटक बन्दको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।