ग्लोबल आइएमई बैंकका ग्राहकहरूले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत् सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ।

बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरूले नेपालभरका पस मेसिनमा एक हजार रूपैयाँ वा सो भन्दा बढीको कम्तीमा तीन वटा कारोबारमा तीन सय वा ५ वटा कारोबारमा पाँच सय रूपैयाँ क्यासब्याक पाउनेछन्।

पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २०८० कात्तिक २५ गते काग तिहारदेखि कात्तिक २९ गते भाईटिकासम्म रहेको छ।

यसैगरी, बैंकको मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरूले कात्तिक २५ गते काग तिहारदेखि कात्तिक २९ गते भाई टिकासम्म बेलुका ५ बजेदेखि ८ बजेसम्म क्युआरमार्फत प्रोमो कोड ‘तिहार’ लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा तीन सय रूपैयाँसम्म क्यासब्याक पाउनेछन्।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ।

बैंकले ३५२ शाखा, ३७५ एटिएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।