सानिमा बैंकले दियो भूकम्प प्रभावितलाई २५ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंकले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितको सहयोगका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकले भूकम्प प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितको राहतका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरिएको बैंकले जनाएको छ ।

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटमा १०५ र रुकुम पश्‍चिममा ५२ जना गरी १५७ जनाको मृत्यु भएको थियो भने १०० बढी घाइते भएका छन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।