ललितपुरको गाेदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर ।  ललितपुरको गाेदावरी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

प्रवक्ता मिलन सिलवाल मिल्वालले दिएको जानकारी नगरपालिकाले भूकम्प पीडितहरुलाई सहयाेगका लागि खडा भएको जाजरकोट जिल्ला दैवीप्रकोप राहात काेषमा साे बराबरको रकम चेक मार्फत उपलब्ध गराइने छ । 

“यो एउटा दुःखद् अवस्था हो, यसको सबै मिलेर सामना गर्न आवश्यक छ। हामीले पनि राहत पुगोस् भनेर विपद व्यवस्थापन काेषबाट २५ रुपैयाँ लाख उपलब्ध गराउने भनेर नगरप्रमुखज्यूले घाेषणा गर्नुभएको छ । आगामी कार्यपालिका वैठकबाट निर्णय गरेर आवश्यक प्रक्रिया पूरा गरि हस्तान्तरण गर्छाैं ।” प्रवक्ता सिल्वालले भने । 

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा १५७ जनाले ज्यान गुमाइसकेका छन् । कराेडाैकाे भौतिक क्षति तथा सयौं संख्यामा घाइते भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।