कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ । कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ ।

उक्त गाडीमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । सभामुख सवार गाडीमा क्षति पुगेको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–२, मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

रुकुम पूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग११प ८१५७ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकलमा तीनजना सवार थिए । मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो ।

मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२, तल्लो ब्यांग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका निम्ति पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाइ छ । रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।