सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्यो,कतिमा हुदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९९० रुपैयाँ तोकेको छ।

प्रतितोला १०० रुपैयाँले घटेको सुनको भाउ आइतबार छापावाल सुनको ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँमा कारोबार भएको थियो।

असार २५ गते सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दु (प्रतितोला ९२ हजार ४०० रुपैयाँ) मा पुगेर कीर्तिमानी उचाईमा पुगेको थियो।

चाँदीको मूल्य भने सोमबार कायम भएको भाउ नै हालसम्मकै उच्च बिन्दु हो। यसअघि असार २५ गते प्रतितोला ९८० रुपैयाँमा पुगेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।