काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको हो ।
मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो। हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए।
पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।
Comment