बजारमा चिनीको अभावसँगै चर्को मूल्यवृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  चिनीको कृत्रिम अभावका कारण बजारमा अस्वाभाविक रूपमा चिनीको मूल्यवृद्धि भएको छ।

कृत्रिम अभावले बजारमा चिनीको मूल्यप्रति किलो १ सय ६० रुपैयाँसम्म पुगेको उपभोक्ताको गुनासो छ। व्यापारीले चाडपर्वको मौका छोपेर भाउ बढाइरहेका छन् ।

मुख्य चाडपर्व आउन लागेका बेलामा बजारमा भइरहेको यस्तो अभाव र मूल्यवृद्धिप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ।

बजारमा चिनीको अभाव सिर्जना भएपछि सुपथ मूल्य पसलमा भीड बढेको छ। साल्ट ट्रेडिङले किलोको ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । सुपथ मूल्य पसलमा भने पालो पाउनै मुस्किल छ।

व्यापारीहरू चाहिँ बजारमा देखिएको अभाव कृत्रिम नभइ वास्तविक नै भएको दाबी गर्छन् र यस्तो अभाव आउनुमा सरकारको दोष रहेको बताउँछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।