पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा इन्धनको मूल्य फेरि बढेको छ ।

निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मूल्य प्रतिलिटर १-१ रुपैयाँले बढाएको हो ।

तेलको मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८–८८ रुपैयाँमा बजारमा पाइनेछ ।

यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।