नेपाली नागरिकहरुको उद्धारका लागि परराष्ट्रमन्त्री साउद आफैं इजरायल जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली नागरिकहरुको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं युद्धग्रस्त मुलुक इजरायल जाने भएका छन् । बुधबार राती नेपाल एयरलाइन्सको जहाजबाट इजरायल जाने भएका हुन् ।

सरकारले इजरायल सरकारबाट चार्टर विमान उडान र अवतरणको अनुमति दिइसकेको छ । इजरायलमा रहेका दुई सय ८८ नेपालीले स्वदेश आउन आवेदन दिएका छन् ।

विद्रोही समूह हमासको आक्रमणबाट इजरायलमा १० जना नेपालीले ज्यान गुमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।