काठमाण्डौं। शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँ पुगेको छ।
बिहीबार सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमानी उचाईमा पुगेको थियो। यस्तै चाँदीको मूल्य पनि हालसम्मकै माथिल्लो भाउमा पुगेको थियो।
Comment