सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता हुने २० जनाको पहिचान (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति गएको बाढी-पहिरोमा मृत्यु र बेपत्‍ता हुनेको पहिचान भएको छ ।

बाढी-पहिरोमा परी मृतक दुई जनाको शव भेटिएको छ भने बेपत्‍ता २० जनाको पहिचान खुलेको हो ।

पहिरोले ११ वटा घर बगाउँदा स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको र अरू २० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जम्बुबाट बेपत्ता हुनेहरु बाहबिसे ५ बस्ने भीमबहादुर वाईवा, चीनमाया वाइवा, लीलामाया वाईवा, पासाङ डोल्मा वाइवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमाला वाईवा, जनकबहादुर थिङ, सबिना तामाङ, आकास तामाङ, मध्यभोटेकोसी हाईड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाईकाका ईन्जिनियर आकास केसी, बाह्रबिसेका तोकबहादुर तामाङ, सलिनी तामाङ, सुबेश तामाङ र युक्तबहादुर तामाङ छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।