लोमस फर्मास्युटिकल्स प्रालिका दुई औषधि बिक्री वितरणमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ ।

गुणस्तरमा शंका उत्पन्न भएको भन्दै विभागले बुधबार एक सूचना जारी गर्दै मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) नामक औषधिहरुको बिक्री वितरण रोक लगाएको हो ।

विभागले यी औषधिहरु बिक्री वितरणका साथै सिफारिस तथा प्रयोग नगर्न/नगराउन अनुरोध गरेको छ । 

यी दुवै औषधिहरु लोमस फर्मास्युटिकल्स प्रालिका उत्पादनहरु हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।