छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा अर्थ योजना विभागले आज यहाँ आयोजना गरेको ‘नेपाल अतिकम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति प्रस्तुत’ कार्यक्रममा उनले हामीले आफैँ उत्पादन गरे छिमेकीसँग माग्नु नपर्ने बताए ।

उनले भने, ‘मुलुक अझै विकसित हुँदै जानुपर्दछ । अर्काले अनुदान दिन्छ कि दिँदैन । छिमेकीले पैचो दिन्छ कि दिँदैन । त्यो मतलब राख्नुहुँदैन । आफ्नै खेतमा टन्न खाद्यान्न फलाउनुपर्दछ । आफ्नो खेतमा टन्न फलाएपछि छिमेकीबाट दाल, चामल सकिएछ भनेर भन्न जानुपर्दैन ।’

उनले नेपालले आश गर्ने नभई पौरख गर्ने तिर लाग्नुपर्ने भन्दै हामी परनिर्भरता नभई आत्मनिर्भरतातर्फको प्रवृत्ति हुुनुपर्ने बताए ।

उनले अल्पविकसित मुलुक विकासशील मुलुकमा बढोत्तरी हुनु सकारात्मक कुरा रहेको बताए । उनले भने, ‘एउटा गरिबीको तहबाट माथिल्लो तहमा उक्लिनु हो । अल्पविकसितबाट विकसितमा पुग्नु प्रगति हो ।’

विकासशील देशमा बढोत्तरीले राष्ट्रको नैतिकतालाई उचो पुर्याउने उल्लेख गर्दै विकसित देशमा परिणत भयो भन्ने कुराको मनोबल उच्च राख्ने बताए ।

उनले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि आफैँ काम गर्नुपर्ने बताए । उनले भने, ‘जबसम्म हामी आफ्नो राष्ट्रिय आवश्यकता, हित र प्राथमिकताअनुसार काम गर्न हिम्मत गर्दैनौँ । तबसम्म अर्थतन्त्र ओरालो लाग्ने गर्दछ । अर्थतन्त्र ओरालो लाग्यो भने अल्पविकसित मुलुकबाट बढोत्तरी कसरी हुने ?’

उनले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि के गर्न बाँकी छ अब कसरी पूरा गर्ने भन्नेमा अहिलेदेखि नै छलफल गर्न आवश्यक रहेको बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।