टाटा मोटर्सको तीनवटा विंगर एम्बुलेन्स नेपाली बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटा मोटर्सले विंगर एम्बुलेन्स नेपाली बजारमा ल्याएको छ । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सो एम्बुलेन्स उपलब्ध गराएको हो ।

जुन पूर्ण रूपमा ‘एआईएस १२५’ र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मान्यता अनुरुप बनेको छ र जसले बिरामीहरूको सुरक्षा र सुविधाको लागि उच्च मापदण्डहरू पनि पूरा गरेको छ।

विंगर एम्बुलेन्स बिरामीको सुरक्षा र देखभालका लागि उत्तम सहयोगीको रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ। तीन भिन्न वर्गहरूमा उपलब्ध एम्बुलेन्स क्याटगोरी ‘सी’ कमन लाइफ सपोर्ट, क्याटगोरी ‘बि’ बेसिक लाइफ सपोर्ट र क्याटगोरी ‘ए’ एड्भान्स लाइफ सपोर्ट रहेका छन्।

क्याटगोरी ‘सी’ दुई एसी र अ स्ट्रक्चर कम्बाइण्ड बेड सहित यसमा सहयोगीहरूको लागि बस्ने ठाउँ पर्याप्त हुनेछ।

क्याटगोरी ‘बि’ त्यसबाहेक एसीजी मोनिटर र अक्सिजन मोनिटर, सीपीआर बोर्ड, क्याथाराइजेसन सेट्स, स्पिलन्डस र ओबी किट, म्यानुअल सक्सन सेट, नेबुलाइजर सेट र अन्य धेरै सुविधाहरू यसमा रहेको छ।

क्याटगोरी ‘ए’ यात्रा गर्दा भेन्टिलेटर जस्तो अति आवश्यक सुविधाको साथसाथै यसमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एइडी), चेस्ट ड्राइनेज ट्युब्स, हेमोट्यास्टिक्स जस्ता जस्ता अन्य सुविधाहरु पनि उपलब्ध हुनेछन्।

३ वर्ष वा ३ लाख किलोमिटर (जुन पहिला हुन्छ त्यही) को वारेन्टी प्रदान गर्ने टाटा विंगर एम्बुलेन्स अरुभन्दा भरपर्दो र विश्वाशिलो छ। टाटा को अन्य सवारीहरु जस्तै यो विंगर पनि सिप्रदी ट्रेडिंगको ३२ ओटा बिक्रेता टचपोइन्ट्समा उपलब्ध हुनेछ।

यसबारेमा कुरा गर्दै टाटा मोटर्सको कमर्सियल सवारीका अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररूप मैत्र भन्छन्, ‘टाटा मोटर्सलाई नेपाली मनले निक्कै मायाको साथ स्वीकारेका छन् र त्यसैले टाटा मोटर्स नयाँ मोडल र विविध किसिमका सवारीहरु नेपालमा भित्र्याउने चाहना राख्दछ।

अनि यो टाटा विंगर एम्बुलेन्स मार्फत टाटा मोटर्सले नेपालमै पहिलो पटक सबै सुविधाले युक्त एआईएस १२५ र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मापदण्ड अनुरुप एम्बुलेन्स ल्याएको छ।

यो लाइफ सपोर्टको आधारमा ३ वर्गहरूमा उपलब्ध छ, क्याटगोरी सी (कमन लाइफ सपोर्ट), क्याटगोरी बि (बेसिक लाइफ सपोर्ट) र क्याटगोरी–ए (एड्भान्स लाइफ सपोर्ट) मा उपलब्ध छ।v

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।