वडा समितिको नेतृत्व चयनको लागि पनि चुनाव गर्न रास्वपाको निर्देशन, उम्मेदवार शुल्क एक सय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समितिको नेतृत्व चयनको लागि पनि चुनाव गर्न निर्देशन दिएको छ।

वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन मार्फत नेतृत्व चयन गर्नेछ । कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने जनाएको छ ।

रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।

अनलाइनबाट वडा तहको समितिका लागि उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार दर्ताका लागि असोज २ देखि २० सम्म आह्वान गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।