काठमाडौं । प्लास्टिक निषेधको घोषणाविपरीत बजारमा प्लास्टिकका फूल र मालाको कारोबार बढेको छ । विश्वकर्मा पूजाको दिन प्लास्टिकका फूल र माला बजारभरि देखिएको थियो ।
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि पारित नीति तथा कार्यक्रमबाट नै प्लास्टिक निषेधको घोषणा गरिएको थियो । तर, त्यसको प्रभावकारी अनुगमन र नियमन गर्न नसक्दा चाडपर्व सुरु हुनेबित्तिकै बजारभरि निषेधित प्लास्टिक गुच्छा र माला निस्किन थालेका हुन् ।
१ वैशाख २०७२ देखि नै काठमाडौं उपत्यकाको ४ किल्ला तोकेर प्लास्टिकका झोला प्रयोग निषेध गरेको थियो । १८ चैत २०७१ को राजपत्र मार्फत नेपाल सरकारले १ वैशाख २०७२ देखि लागू हुने गरी २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोलाको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।
Comment