मदिरा पारखीको रोजाइमा परेको रुस्लान भोड्का अब युरोप र अस्ट्रेलियामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । नेपालमा लोकप्रिय रुस्लान भोड्का अब युरोप र अस्ट्रेलियामा पनि पाइने भएको छ। कम्पनीले देशबाहिर पनि बजार विस्तार गर्नलागेको हो।

रुस्लानले आकर्षक प्याकमा अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि भोड्का बिक्री गर्ने विज्ञप्तिमार्फत जनाएको छ। यो नेपाली बजारमा मदिरा पारखीको रोजाइमा परेको ब्राण्ड हो।

विदेशी बजारमा पनि आफ्नो अमिट छाप छोड्न सफल हुने जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले बताए। रुस्लान विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोड्का भएको कम्पनीले जनाएको छ। रुस्लानको अद्वितीय गुणस्तरले गर्दा नै अधिकांश उपभोक्ताको रोजाइमा पर्न सफल पनि भएको छ ।

चीन, थाइल्याण्ड लगायतका देशहरुमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।