मेयर बालेन विश्वका सय उदीयमान नेताको सूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकै प्रसिद्ध टाइम म्यागेजिनले विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई समावेश गरेको छ। 

अमेरिकी पत्रिका टाइमले भविष्यमा आफ्नो क्षेत्रलाई नेतृत्व गर्न सक्ने विश्वका एक सय उदीयमान नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो।  

नेक्स्ट’ सूचीमा राख्दै स्थानीय तह निर्वाचनमा उनले हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरिएको छ ।

शाहले सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको उल्लेख गरिएको छ ।

पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ।

बालेनकै प्रभावको आलोकमा ३ सय ८५ जना स्वतन्त्रहरूले पुराना र पाका उम्मेदवारहरूलाई पाखा लगाएको पनि टाइमले उल्लेख गरेको छ।

म्यागेजिनले चुनावी अभियानका क्रममा शाहले काठमाडौंको फोहोर मैला तथा सरसफाईको प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको जनाएको छ। 

तर उनी विजयी भएपछि ‘ती प्रतिबद्धता पुरा गर्नेक्रममा शहरी गरीबमाथि परेको असर र उनीहरु बस्ने घरको भत्काउने कार्य गैरकानुनी देखिएको भन्दै उनले आलोचना खेप्नु परेको उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।