गृहका १० सहसचिवको सरुवा, अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले अध्यागमन  विभागको महानिर्देशकमा रुद्रिसिंह तामाङलाई पठाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको सरुवा भएको छ। सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ। 

रुपन्देहीका प्रजिअ भरतमणि पाण्डेलाई गृहले मन्त्रालयअन्तर्गत ल्याएको छ।  गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रजिअ बनाइएको छ। 

त्यसैगरी मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअमा सरुवा गरिएको छ।  महोत्तरीका प्रजिअ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ। त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

बागलुङका प्रजिअ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको प्रजिअ बनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।