मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, दक्षिणी प्रान्त बढी मानवीय क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोरक्कोमा शक्तिशाली भूकम्पले भौतिक संरचनाहरु भत्काउँदा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। २ हजार भन्दा बढी घाइते भएका छन्। 

मोरक्कोको आन्तरिक मन्त्रालयका अनुसार १ हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका छन्। भूकम्पका कारण माराकेशको दक्षिणी प्रान्त सबैभन्दा बढी मानवीय क्षति भएको छ। 

भूकम्पका कारण अकल्पनीय जन–धनको क्षतिका बीच राजा मोहम्मद छैठौंले ३ दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्। राजाले बाँचेकाहरूलाई आश्रय, खाना र अन्य मद्दतको आदेश दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।