अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकेको छ । 

यो नेपाली मुद्रामा हालसम्मकै उच्च हो । यसअघि गत भदौ १ गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३२ रुपैयाँ ८४ रुपैयाँ तोकेको छ ।विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।