कोरोना अपडेट : विश्वभर एकैदिन १ लाख ७५ हजारभन्दा बढी संक्रमित फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड १५ लाख ५५ हजारभन्दा बढी पुगेको छ ।

वल्र्डवमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन १ लाख ७५ हजारभन्दा बढीले बढेको हो । सोमबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । मृत्युदरमा कमी आए पनि कोरोना संक्रमितको संख्या उच्चदरले बढ्नु गम्भीर संकटको संकेत भएको अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै ५८ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।