फेरि हटाइए भुटानीको शरणार्थीको अनुसन्धान गरिरहेका एसएसपी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका एसएसपी डा मनोज केसीलाई ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेको हो। 

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दान कार्कीलाई काज सरुवा गरेर प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ।

प्रहरी प्रधान कार्यालय आईजीको सचिवालयमा कार्यरत एसएसपी भूपेन्द्र खत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरेको छ। 

खत्रीको ठाउँमा दानबहादुर कार्कीलाई लगिएको छ भने अपराध अनुसन्धान कार्यालयमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई सरुवा गरिएको छ। 

यस्तै एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा पठाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।