स्कारपियो डिभाइडरमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जमा बिहीबार सडक डिभाइडरमा गाडी ठोक्किँदा एक जानाको जनाको मृत्यु भएको छ  भने तीन जना घाइते भएका छन् । 

घन्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बा१५च ७७७१ नम्बरको स्कारपियो गाडी सडक डिभाइडरमा ठोक्किँदा बारा, परवानीपुर गाउँपालिका–५ बहुअरीका १६ वर्षीय आकाश पटेलको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा फेटा गाउँपालिका–१, भलुहीका १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज–१० रानीघाटका १६ वर्षीय सोनु साह र सोही वडामै बस्ने १८ वर्षीय ओम पुरी घाइते भएका छन्।

घाइतेमध्ये दासलाई न्युरो अस्पताल र साहलाई अलि अर्थो अस्पताल लगिएको बताइएको छ। अर्का घाइते पुरी सामान्य उपचारपछि घर फर्किएका छन्।

गाडी मुर्लीचोक–नेपाल टेलिकम क्षेत्रीय कार्यालय सडकखण्डको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।