सुन प्रकरणमा पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता र राहदानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता र राहदानी बरामद गरेको छ।

सातैजनाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको सीआईबीको अनुसन्धानबाट खुलेको हो। उनीहरुले सन् २०२१ र २२ मा नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ।

यो प्रकरणमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई पनि पक्राउ परेका छन्। साउन २९ गते मात्रै गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ पक्राउ परेका थिए। उनीहरुबाट ३१ लाख रुपैयाँ समेत बरामद भएको थियो।

यो प्रकरणमा सुरुमा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको विषय सार्वजनिक भएकै भोलिपल्ट साउन ४ गते चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवानलाई पक्राउ गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।