सुन प्रकरणमा उच्चस्तरीय समिति आवश्यक नभएको निष्कर्ष, गौर हत्याकाण्डको छानबिन नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ। 

सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो ।

एमालेले सुन प्रकरणमा भइरहेको अनुसन्धानलाई डाइभर्ट गर्न उक्त माग गरेकाले समितिले ठहर गरेको छ । 

यस्तै गौर हत्याकाण्डका विषयमा पनि बैठकमा छलफल भएको छ। उक्त प्रकरणमा यसअघि नै चारवटा प्रतिवेदन बनिसकेको र त्यसमा मारिएका व्यक्तिका परिवारले १० लाख राहत पाइसकेको तथा सहिद घोषणा गर्ने निर्णय पनि भइसकेकाले कानुनी तवरबाट टुंग्याउने कुरा भएको  जनाइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।