एनआइसी एशिया लघुवित्तमा १६ हजार ४३९ वटा आवेदन रद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । एनआइसी एशिया लघुवित्तले सर्वसाधारणमा असार १० देखि १४ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा पनि १ हजार बढी आवेदन दोहोरो परेका कारण रद्ध भएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। १४ हजार हाराहारीको संख्यामा परेको आवेदन भने बैंक तथा वित्तीय संस्थाहरुबाटै रद्ध भएको क्यापिटलले जानकारी दिएको छ।

आईपीओमा कूल ४ लाख १४ हजार १८० वटा लगानीकर्ताबाट आवेदन परेकोमध्ये दोहोरो आवेदन र बैंक तथा वित्तीय संस्थाहरु समेत गरि १६ हजार ४३९ वटा आवेदन सदर हुन नसकेका हुन्। आईपीओ आवेदन गरेका ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएका छन्।

सदर आवेदक सबैले शेयर पाउनेछन्। धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार ४६ हजार ५७९ जना आवेदकले २० कित्ता शेयर पाउनेछन् भने ३ लाख ५१ हजार १६२ जना आवेदकले भने १० कित्ता आईपीओ पाउनेछन्।

लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। आईपीओमा २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयरको माग परेको थियो।

आईपीओ असार २१ गते आइतबार बाँडफाँड हुँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।