भित्री बस्त्रमा २४ ताेला सुन बाेकेकी महिला पाेखराबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पाेखरामा करिब २४ ताेला सुनसहित एक महिला पक्राउ परेकी छन् ।

काठमाडाैंबाट बस चढेर पाेखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका– १ घर भएर हाल काठमाडौं जोरपाटी बस्ने  ४५ वर्षीषा कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

उनकाे साथबाट छातीमा सेतो टेपले बेरेर भित्री बस्त्रमा लुकाएकाे अवस्थामा सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद भएकाे हाे । बरामद सुनकाे अन्दाजी ताैल २४ ताेला रहेकाे बताइएकाे छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।