दशैंका लागि नयाँ नोट असोज १० गतेदेखि,कहाँ- कहाँबाट कति सट्न पाइन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि असोज १० गतेदेखि नयाँ नोट सटहिको काम सुरु गर्ने भएको छ । नेपालीहरुको महान चार्ड दशैंमा नायाँ नोट प्रयोग गर्ने प्रचलन रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल गरी एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ सम्म नायाँ नोट सटही गर्न पाउने छन् । ५ सय र १ हजारका नोट भने चाहेजति वितरण हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसअघिका वर्षहरुमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलिबाट नयाँ नोट सटही हुँदै आएकोमा यसपटक केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट सटही हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै उपत्यका बाहिरका क्षेत्रीय कार्यालयहरुबाट समेत नोट वितरण गरीने भएको छ ।

नेपाल राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका २८ वटा बाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध हुने जनाएको छ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ ।

नेपाल बैंकको काठमाडौं बैकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइनेछ । त्यस्तै, कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाएको छ । राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्ने पाउनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।