काठमाडौं । सरकारले नेपाली बिमा कम्पनीबाट जारी हुने बिमांकको कम्तिमा २० प्रतिशत पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनी बाट गराउने व्यवस्था गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले स्वदेशी पुनर्बिमा क्षेत्रलाई सुदृढ बनाउने तथा बिमा क्षेत्रबाट बाहिरिने विदेशी मुद्रा नियन्त्रण गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिने जानकारी दिए ।
सरकारले यस कदमबाट नेपाल पुनर्बिमा कम्पनीको क्षमता विस्तार हुनुका साथै स्वदेशी बिमा तथा पुनर्बिमा क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।

Comment