काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त आकारको बजेट घोषणा गरेका हुन् ।
कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत बजेट छुट्याइएको छ । पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत बजेट विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।
सरकारले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
अर्थमन्त्री वाग्लेका अनुसार राजस्व र अनुदानबाट अपुग हुने ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँमध्ये २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋणबाट तथा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिनेछ ।
त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई ६१ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहलाई ९० अर्ब २० करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको उनले जानकारी दिए ।
बजेटको पूर्ण पाठ :

Comment