कर्मचारीको तलब २१%ले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै चार वर्षपछि कर्मचारीको तलब वृद्धि गरिएको जानकारी दिएका हुन् ।

सरकारले बढाएको नयाँ तलबमान आगामी साउन १ गतेदेखि लागू हुने भए पनि कर्मचारीले भदौ महिनादेखि बढेको तलब प्राप्त गर्नेछन् ।

अर्थमन्त्री वाग्लेले कर्मचारीलाई उत्प्रेरित गर्दै नतिजामुखी काम गराउने उद्देश्यले तलब वृद्धि गरिएको बताए । सरकारले कर्मचारी प्रशासन सुधार, सेवा प्रवाह प्रभावकारी बनाउने तथा कार्यसम्पादनमा उत्तरदायित्व बढाउने लक्ष्यसहित तलब वृद्धि गरेको जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ले कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए । त्यसयता तलब नबढे पनि चालु आर्थिक वर्ष २०८२/८३ देखि सरकारले मासिक ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराउँदै आएको छ ।

निजामती सेवा ऐनअनुसार प्रत्येक दुई वर्षमा तलब पुनरावलोकन गर्नुपर्ने व्यवस्था भए पनि स्रोत अभावका कारण पछिल्ला तीन वर्ष तलब वृद्धि हुन सकेको थिएन ।

सरकारले मुख्यसचिव सुमनराज अर्यालको संयोजकत्वमा गठित तलबभत्ता पुनरावलोकन समितिको सुझावका आधारमा तलब वृद्धि गरेको जनाएको छ । तलब वृद्धि भएपछि शिक्षक, सुरक्षा निकाय तथा अवकाशप्राप्त कर्मचारीको पेन्सनमा समेत वृद्धि हुने भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।