६ किलाे चरेससहित दार्चुलामा दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दार्चुलाकाे गोकुलेश्वरबाट ६ किलो चरेससहित दुई जनालाई प्रहरिले पक्राउ गरेको छ। सोमबार बिहान शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ केजी १ सय ग्राम लागूऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका-४ का ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन्।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले दुवै जना पक्राउ परेका हुन्। प्रहरी टोलीले शंका लागि जाँच गर्दा दुवै जनाले बोकेको झोलामा प्लास्टिकभित्र लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।