गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते, एकतर्फी सडक सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सोमबार बिहान सुख्खा पहिरो खस्दा गुडिरहेको गाडी पुरिँदा तीन जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् ।

घाइतेहरुको परिचय खुलेको छैन । घाइते तीनै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबा क्षेत्रको नागको मन्दिर नजिकै माथिल्लो भागबाट ढुंगासहित खसेको पहिरोमा जिप परेको प्रहरीले जनाएको छ । केही समय अवरुद्ध भएको राजमार्ग ढुंगा हटाएर एकतर्फी खुलाइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।