बिहीबार सुनचाँदी दुबैको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं।  बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

बुधबार नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमानी उचाईमा पुगेर कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ७०० रुपैयाँले घटेको हो।

यस्तै, चाँदीके भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९५० रुपैयाँ तोकेको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।