इसेवा मनि ट्रान्सफरका सीइओ कोइराला ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला अमेरिकाको वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मानित भएका छन्।

रेमिटेन्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला उक्त अवार्डबाट सम्मानित भएका हुन्। उनी म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल म्यान अवार्ड २०२२ मा ‘म्यानेजर अफ द इयर’ बाट पनि सम्मानित भएका थिए।

वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो।

वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको मिसन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवर्द्धन, वृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिँदै उनीहरुले प्रदान गर्ने सेवाहरूलाई विश्वभर चिनाउने माध्यम हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।