कृषि विकास बैंककाे नाफामा छलाङ, ४५.९८ प्रतिशतले बढ्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षकाे वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंककाे खुद नाफा अघिल्लो वर्षकाे तुलनामा ४५.९८ प्रतिशतले बढेकाे छ । यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस बैंकले अघिल्लो वर्षकाे तुलनामा करिब दाेब्बरले खुद नाफा बढाएकाे छ ।

बैंककाे खुद ब्याज आम्दानी घटेकाे छ भने खुद ट्रेडिङ्ग आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेकाे छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.२८ प्रतिशत घटेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। जस अनुसार बैंकको प्रतिशेयर १९ रुपैयाँ ८९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।